सुर्खेतको विरेन्द्रनगरमा जारी गरिएको कर्फ्यू हटाई अनिश्चितकालीन निषेधाज्ञा जारी

काठमाडौं १७ फागुन । सुर्खेतको विरेन्द्रनगरमा हिजो देखि जारी गरिएको कर्फ्यू हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

एमसीसी संसदबाट पारित भएपछि एमसीसीको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले एमाले , कांग्रेस र माओवादीको कार्यालयमा तोडफोड गर्नुको साथै एमालेको कार्यालयमा आगोने लगाएका थिए ।

एमसीसीको विरोधमा प्रदर्शन तिव्र भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।

अहिले साँझ साँत बजेबाट कफ्र्यु हटाएसँगै अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारीले जनाएको छ ।