एमसीसीको विरोधमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले गरे थप संघर्षको कार्यक्रम घोषणा (फागुन २० गतेदेखि चैत ६ गतेसम्म)

काठमाडौं १७ फागुन । एमसीसीको विरोधमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले थप संघर्षको कार्यक्रम घोषणा गरेका छन् ।

अमेरिकी परियोजना एमसीसी विरोधका बिच पनि आइतबार संसदबाट पारित भएपछि आक्रोशित बनेको सत्ता गठवन्धनको रहेको राष्ट्रिय जनमोर्चा सहित दलहरुले थप संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

सोमबार नै सत्ता गठवन्धनबाट बाहिर निस्किएको राष्ट्रिय जनमोर्चा घोषणा गरिसकेको छ ।

एमसीसी सम्झौता पारित गर्ने राष्ट्रघातका विरुद्ध अविराम र निर्णायक जनसंघर्ष सञ्चालन गर्नु सम्पूर्ण देशभक्त नेपाली जनताको अहम् कर्तव्य हुन पुगेको भन्दै संयुक्त विज्ञप्ती नै निकाली थप संघर्षको कार्यक्रम घोषणा गरेका हुन् ।

विज्ञप्तिमा विप्लव, नेपाल कम्युनिस्ट पार्टीका महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ले हस्ताक्षर रहेको छ ।

विप्लव नेकपाको बुद्धनगरस्थित कार्यालयमा मंगलबार बसेको संयुक्त बैठकले फागुन २० गतेदेखि चैत ६ गतेसम्मको संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । जसमा

फागुन २० गते काठमाडौंमा विरोध प्रदर्शन र संयुक्त विरोधसभा,
फागुन २२ गते बुद्धिजीवीहरुको अन्तरक्रिया,
फागुन २४ ९८ मार्च० देशब्यापी विरोध प्रदर्शन र सभा,
फागुन २८ गते युवकहरुको देशब्यापी प्रदर्शन,
फागुन ३० गते मजदुरहरुको देशब्यापी विरोध प्रदर्शन र सभा,
चैत २ गते किसानहरुको देशब्यापी विरोध प्रदर्शन,
चैत ४ गते श्रमिक तथा दलित मोर्चाको देशब्यापी प्रदर्शन र सभा,
अन्तिम दिन चैत ६ गते राष्ट्रिय मुक्ति मोर्चाहरुको देशब्यापी विरोध प्रदर्शन र सभा