बलिउड अभिनेत्री प्रियंका चोपडाले महाशिवरात्रिमा पति निक जोनससँग गरिन् विशेष पूजा, सेयर गरिन् यस्तो तस्विर

देसी गर्ल प्रियंका चोपडा जतिसुकै ग्लोबल भएपनि मनमा सधै देसी नै रहनेछिन् । विदेशमा पनि प्रियंका सँगै भारतको संस्कृति जोडिन थालेको छ । प्रियंका चोपडाको पछिल्लो तस्विरले पनि यसको प्रमाण दिएको छ । नायिकाले पति निक जोनससँग सात समुन्द्र पारी महाशिवरात्रिको पूजा गरेकी हुन् । प्रियंका चोपडाले इन्स्टा स्टोरीमा फ्यानहरुलाई महाशिवरात्रिको शुभकामना दिएकी छिन् ।

यससँगै अभिनेत्रीले उनलाई ट्रीट दिँदै उनको महाशिवरात्रिको झलक देखाइन् । यस विशेष दिनमा प्रियंकाले आफ्नो लस एन्जलसको घरमा विशेष पूजाको आयोजना गरिन् । तस्बिरमा प्रियंका र निकसँग अभिनेत्री स्टाइलिस्ट दिव्या ज्योति बसेकी छिन् । सबैजना मन्दिरमा बसेका छन् । जहाँ भगवान शिवको विशाल मूर्ति राखिएको छ । पुजारी पनि त्यहीँ तीन जनासँग बसेका छन् ।

यो विशेष पूजामा निक जोनसले सेतो कुर्ता पजामा लगाएका छन् । प्रियंकाले बेबी पिंक कलरको फ्लोरल आउटफिट लगाएकी छिन् । तस्विरमा तीनै जनाको अनुहार देखिँदैन । सबैको पछाडि देखिन्छ। यो तस्विर सेयर गर्दै अभिनेत्रीले लेखेकी छिन्– महाशिवरात्रिको हार्दिक शुभकामना । हरहर महादेव, महाशिवरात्रिको सबैमा शुभकामना। ॐ नमः शिवाय ।

प्रियंकाले इन्स्टा स्टोरीमा अर्को तस्विर शेयर गरेकी छिन् । जसमा अभिनेत्रीले आफ्नो आउटिङको क्लोजअप तस्विर देखाएकी छन् । यसअघि दीपावलीमा प्रियंकाले श्रीमान् निक संग पुजा गरेको फोटो पनि भाइरल भएको थियो ।