सभामुखको राजीनामा पर्खिरहेका छौं ,संसदले निष्काशन गर्‍यो भन्ने नपरोस् : ओली

काठमाडौं १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पर्खिरहेको बताएका छन् ।

आज मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सभामुखले भने, ‘हामी राजीनामा पर्खिरहेका छौं । ससम्मान बर्हिगमित हुनुहोस्, संसदले निष्काशन गर्‍यो भन्ने नपरोस् ।’

आफ्नो पार्टीले सभामुखविरुद्ध महाअभियोग ल्याउन पनि सक्ने, नल्याउन पनि सक्ने भन्दै एनले यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसी जस्तो विकास परियोजनामा समेत राजनीति भएको बताउँदै उनले भने,’हामीले देखेका छौँ, जनतालाई धम्की दिएर, अनेक अभिव्यक्ति दिएर एमसीसी असाधारण गतिविधि भएको बताउँदै आफ्नो कार्यकर्तालाई सडकमा उतारे, बनाएको सडक भत्काए ।’