एमसीसीलाई अब राष्ट्रिय हित हुने गरी कार्यान्वयन गर्नुपर्छ : एमाले

काठमाडौं १७ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सत्ता गठवन्धनबाट ठगीको धन्धा भएको बताएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको प्रेस वक्तव्य सम्बोधन गर्दै उपमहासचिव प्रदिप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनलाई ‘ठगी धन्धाको पर्दाफास भएको बताएको छ ।

माओवादी र नेकपा एकिकृत समाजवादी पार्टीलाई लक्षित गर्दै ज्ञवालीले भने , ‘सरकारभित्रै रहेका दलले एमसीसी ठिक होइन, ठिक छैन भन्ने, एकै छिनमा सरकारमा रहिरहने तर एमसीसीको विपक्षमा मत दिने भन्ने, सरकारमै रहेर ‘राष्ट्रघाति’ प्रस्ताव भन्ने जस्ता क्रियाकलाप केही दिन हामीले देख्यौं । अन्तिममा तिनै दलले प्रस्ताव पास गरे । यो घटनाले गठबन्धन सरकारको ठगी धन्धा पर्दाफास भएको छ ।’

साथै संसदबाट एमसीसी पसा भइसकेकाले अब देशको हित हुने गरी परियोजना कार्यान्वयनको पाटोमा जानु पर्ने पनि बताएका छन् ।

व्याख्यात्मक टिप्पणी’सहित एमसीसी प्रस्ताव पास हुनु भनेको साकाहारीले खोलाको माछा खानु नहुने तर किनेको हुन्छ भनेजस्तो मात्रै भएको उनले बताएका छन् ।