सेनाका चार अधिकृतको जागिर धरापमा

नेपाली सेनाको हतियार चोरी प्रकरणमा ज,बरजस्ती कबुल गराउन हिरासतभित्र क्रुर यातना दिएको भन्दै पी,डितले सेनाका चार अधिकृतविरुद्ध किटानी जाहेरी दिएका छन् ।

३० महिना जेल सजाय भोगिसकेपछि निर्दाेष सावित भएका सेनाका पूर्व जवान लवकुमार गुरुङले चार अधिकृतविरुद्ध सरकारी वकिलको कार्यालय चितवनमा आइतबार किटानी जाहेरी दिएका हुन् ।ह,तियार चोरेको आरोपमा सेनाका कालीबहादुर गण भरतपुरमा कार्यरत गुरुङ ५ पुस २०७५ मा प,क्राउ परेका थिए । हतियार चो,रेको आरोपमा उनीसँगै अमल्दार सरोज तामाङ पनि जेल चलान भएका थिए । निर्दाेस सावित भएपछि १८ भदौ २०७८ मा चितवन कारागार भरतपुरबाट उनीहरु रिहा भएका हुन् ।

निर्दाेस साबित भएर जेलबाट छुटेपछि लवकुमार १ पुस २०७८ देखि लागू हुने गरी स्वेच्छिक अवकास लिए भने तामाङ अहिले पनि कार्यरत छन् । लवकुमारले सेनाका तत्कालिन महासेनानी राजेन्द्रमणी गिरी, सेनानी दीपेन्द्र श्रेष्ठ, सहसेनानीद्धय विज्ञान विष्ट र गणेश भट्टराईविरूद्ध किटानी जाहेरी दिएका हुन् ।

आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी लिन नमानेपछि उनले सरकारी वकिलको कार्यालयमा जाहेरी दिएका हुन् । सरकारी वकिलको कार्यालयले उनको किटानी जाहेरी दर्ता गरेको छ । जाहेरी दर्ताका लागि अधिवक्ता कुमारप्रसाद थपलिया र अधिकारकर्मी सिता भुजेलले सहजिकरण गरेका हुन् ।

‘मलद्धार र मुत्रनलीमा खु,र्सानीको धुलो पसाइयो’
आरोप स्वीकार गराउनका लागि सेनाले आफ्नो नाक, मुख, मलद्धार र मुत्रनलीमा खुर्सानीको धुलो सिरिन्जमार्फत पसालेर चरम यातना दिइएको लवकुमारले बताएका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हँडिया स्थायी घर भई कालीबहादुर गणका तत्कालिन जवान लवकुमारले आफुलाई क्रुर यातना दिएर जबरजस्ती दोषी कबुल गराइएको बताए ।

आफुलाई अनाहकमा क्रुर यातना दिने अधिकृतलाई हदैसम्मको कारबाहीको माग गर्दै उनले किटानी जाहेरी दिएका हुन् । गणको सैनिक हिरासतभित्र रहँदाको समयमा मानसिक र शारीरिक यातना दिएर जबरजस्ती आफूलाई दोषी ठहर गरिएको जाहेरीमा उल्लेख छ ।

‘हतियार चोरेको भन्दै पक्राउ गरी हतकडी र आँखामा पट्टी बाँधेर, असह्य पीडा हुने गरी कुटपिट गरियो । कुटीकुटी बेहोस बनाएर झ्यालको डन्डीमा झुन्ड्याइयो । अनुसन्धानकै क्रममा हातखुट्टा बाँधेर नाक, मुख, मलद्वार र मुत्रनलीबाट खुर्सानीको धुलो भिजाएर सिरिन्जमार्फत भित्र पसाई चरम यातना दिइयो’ जाहेरीमा भनिएको छ ।

कसुर स्वीकार नगरेमा आफ्नो श्रीमतिलाई भारतको मुम्बईमा बेचिदिएर त्यहि पैसाले हतियार किन्छु भन्दै धम्क्याएर मानसिक यातना दिइएको उनले भनेका छन् । ‘यातना दिने क्रममा अण्डकोषमा डोरीले बाँधेर कतै बाँधिदिने गरेको’, जाहेरीमा थप भनिएको छ । अहिले पनि आफुलाई बस्न, सुत्न, उठ्न अरुको सहारा आवश्यक पर्ने गरेको उनले बताए ।

कसरी निर्दाेश सावित भए ?
आफ्नै साथीको ह,त्याको आरोपमा ७ साउन २०७८ मा दि फेमश महिन्द्र दल

गणमा कार्यरत सिपाही गंगाधर ढकाल पक्राउ परेपछि हतियार चोरीको वास्तविकता बाहिर आएको हो । चोरी भएको हतियार ९१००७९२ र वट नं ख २५० बाटै ढकालले सहकर्मी भरत गुरुङको ह,त्या गरेका थिए ।

घटनाको वास्तविकता बाहिरिएपछि १० वर्षका लागि जेल चलान भएको ३० महिनापछि सैनिक विशेष अदालतबाट लवकुमार र सरोज निर्दाेस सावित भएका हुन् । ह,त्या आरोप लागेका गंगाधरविरूद्ध २५ वर्ष कैद सजाय तोकिएपछि उनी हाल कारागारमा छन् ।