पल शाहका म्यानेजर भक्कानिँदै मिडियामा

काठमाडौँ । नायक पल शाह एक नाबालिका गायिकाको परिवारले दिएको उजुरिपछि हिरासतमा छन् । पलका सिनेमाका म्यानेजर शंकर गिरिले रुदै मिडियामा बयान गरेका छन् । उनले पललाइ फसाइएको समेत जनाएका छन् ।

आज पललाइ भेट्न तनहुँ पुगेका उनले भेटपछि मिडियाहरुमा प्रतिक्रया दिदैँ गर्दा आशुँ नै थाम्न सकेनन् । उनि भन्छन् ः पल त्यस्तो मान्छे हैन । आफ्नै साथिहरुले फसाउनु दुखत भएको उनको भनाइ छ ।

बयान दिन जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका दुर्गेशका मिल्ने साथीले भने ‘पल आँखामा राखे पनि नबिझाउने मान्छे हुन्’ : अभिनेता पल शाहले नेपाल प्रहरी र सरकारलाई आफुलाई एक पटक आफ्नो फिल्म आफ्ना दर्शक र फिल्मको टिमसंग बसेर हेर्ने इच्छा बताइरहेका बेला दुर्गेश थापाका साथी गायक तथा संगीतकार योगेश काजी पनि बयानका लागि तनहुँ पुगेका छन् ।

दुर्गेश थापाको टिमले गौपय रुपमा बनाएको अडियो भाइरल बनेका बेला योगेशको पनि नाम अडियोमा मुछिएपछि योगेश बयान दिन जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका हुन् । सो अवसरमा मिडियालाई प्रतिक्रिया दिँदै योगेशले पल आँखामा राखे पनि नबिझाउने व्यक्ति भएको बताए । पलले सबैलाई माया गर्ने भएकाले उनको तारिफ योगेशले मुक्तकण्ठले गरे ।

यसअघि आइतबार नै पलले एक भिडियो सार्वजनिक गर्दै भने म एकदम वेकसुर छु मलाई पहिलो दिन देखि नै फसाउन खोजिएको थियो । म वेकशुर भए पनि मेरो पारिवारिक समस्याका कारण र मेरो स्वास्थ्यका कारण उजुरी परेपछि सम्पर्क विहिन भएको थिए ।

उनले भनेका छन्, म मेरो परिवारको अभिभावक भएका कारण घर ब्यवहार पनि मैले नै मिलाउनु पर्ने भएकाले म त्यतै तिर लागेको थिए । म प्रहरी सामु गएपछि मेरो परिवारलाइ जे पनि हुनसक्थ्यो । केही ब्यवहार पनि मिलाउनुपर्ने थियो । साथै मेरो स्वास्थय पनि ठिक थिएन ।

त्यसैले म केही दिन प्रहरीको सम्पर्कमा नगएको हुँ । यसको मतलब मैले प्रहरीलाई नसघाउने भन्ने होइन । म अब आइतवार प्रहरी सामु उपस्थित हुनेछु । उनले भिडियोमा आफु निर्दोश भएको दावी पनि गरेका छन् ।