सुर्खेतमा नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी

सुर्खेत १६ फागुन । एमसीसीको विरुद्धमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दमा प्रदर्शनकारीले सुर्खेतको वीरेन्द्रनगरमा रहेको नेकपा एमाले ,नेपाली कांग्रेस,र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गरेको छ ।

भने नेकपा एमाले सुर्खेत पार्टी कार्यालयमा आगजनी समेत गरेको छ । सोमबार बिहान देखि भएको प्रदर्शनमा प्रदर्शनकारीले पार्टी कार्यालय तोडफोड गर्नुको सार्थ आगजनी समेत गरेका हुन् ।

प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

बन्दको आह्वान गर्नेमा बन्द आह्वान गर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाललगायतका दल रहेका छन् ।

एमसीसीको सम्झौता विरोधमा भएको बन्द कर्ताले प्रहरीमाथि समेत ढुंगामुढा समेत गरेका छन् ।