हेर्नुहोस् कुन राशिका व्यक्तिलाई कुनबार शुभ ?

ज्योतिष शास्त्र अनुसार हरेक दिन राशिहरुलाई फरक/फरक फल मिल्ने गर्छ । केहि राशीको लागि एक बारमा धेरै लाभ मिल्ने गर्छ भने केही बारमा खासै लाभ नमिल्ने गर्छ। आज हामी तपाईलाई कुन राशिलाई कुन बार धेरै शुभ हुने गर्छ भन्ने बताउनेछौँ । मेष राशि– सोमवार, शुक्रवार र शनिवार धेरै शुभ हुने गर्छ। वृष, राशि/बुधवार र बिहिबार धेरै शुभ हुने गर्छ। मिथुन राशि– सोमवार, बुधवार, शनिवार र आइतबार धेरै शुभ हुने गर्छ। कर्कट राशि– मंगलवार, शनिवार र आइतबार धेरै शुभ हुने गर्छ।

सिंह राशि– सोमवार, बुधवार, बिहिबार र आइतबार धेरै शुभ हुने गर्छ। कन्या राशि– बिहिबार, शुक्रवार र शनिवार धेरै शुभ हुने गर्छ। तुला राशि– शनिवार र आइतबार धेरै शुभ हुने गर्छ । वृश्चिक राशि– सोमवार, शुक्रवार र आइतबार धेरै शुभ हुने गर्छ। धनु राशि– सोमवार र मंगलवार धेरै शुभ हुने गर्छ । –मकर राशि मकर राशिलाई सोमवार र आइतबार धेरै शुभ हुने गर्छ । कुम्भ राशि– मंगलवार र शनिवार धेरै शुभ हुने गर्छ । मीन राशि– मीन राशिलाई सोमवार धेरै शुभ हुने गर्छ।

यसैगरी अर्को प्रसंगमा आफूले मन पराएको केटीलाई आकर्षित गर्न चाहने केटाका लागि केही टिप्स दिने प्रयास गरेका छौं । आफूले मन पराएपनि प्रेममा पार्न नसकेका युवक तथा प्रेममा परेका आफ्नी प्रेमिकालाई आकर्षित गर्न यहाँ १० वटा उपाय दिइएको छ । केहि कुरा पाउन केहि गुमाउनु पर्छ भने जस्तै केही आफ्ना गलत बानी छन् भने यसलाई सुधार्नु पहिलो शर्त रहेको छ ।१. सोसल नेटवर्किङमा पिछा – भेटेको केहि समयपछि नै महिला फेसबुकमा गएर उनको निकै अघिदेखि राखिएको सबै फोटोहरुमा लाइक नगर्नुहोस् । संवेदनशील महिलाहरुलाई कसैले पनि छोटो समयमा यति बिधि प्राथमिकता दिएको पटक्कै मनपर्दैन । यसो गर्नुभयो भने उनी तपाईंबाट प्रभावित नभई तपाईंबाट टाढा जान खोज्नुहुन्छ ।

२. विवाहकोबारेमा संकेत नदिनुहोस्– पुरुषहरु कुनै पनि कमिट्मेन्ट गर्न डराउँछन् भन्ने कुरा पुराना भइसकेको छ । वास्तविकता के हो भने महिलाहरु कम परिचित पुरुषहरुसँग कमिटेड हुन डराउँछन् । हुनसक्छ तपाईं आफ्नो सम्बन्धप्रति निकै सिरियस हुनुहुन्छ होला र उनीसँगै आफ्नो बाँकी जीवन व्यतित गर्न चाहनुहुन्छ होला तर उनले तपाईंले जे सोच्नु भएको त्यस्तो नसोचेको हुनसक्छ । पहिले आफूले मनपराएको महिलाको तपाईंप्रति राख्ने भावनाको बारेमा बुझ्नुहोस् ।

३. पैसाको सो–अफ नगर्नुहोस्– महँगो उपहार दिएर महिलाको मन जित्ने सोच्दै हुनुहुन्छ भने त्यो सोचाई तुरुन्त त्यागिदिनुहोस् किनभने महिलाहरुलाई आफ्नै कमाईले आफ्नो शोक र आवश्यकता पूरा गर्न मनपर्छ । त्यसकारण आफू धेरै धनी छु भनेर देखाउन नखोज्नुहोस् ।४. पटक–पटक अपडेट लिइरहन आवश्यक छैन– कसैलाई बुझ्न चाँहदै हुनुहुन्छ भने उनको हरेक मिनेटको खबर लिइरहन आवश्यक छैन । यो सोच्नुहोस्, तपाईंलाई भेट्नुभन्दा अघि पनि उनी खाना खान्थिन्, तपाईंको गुडनाइट मेसेज बिना नै सुत्ने गर्थिन । पटक–पटक अपडेट लिने तपाईंको बानीले तपाईं पागलजस्तै उनको पिछा गरिरहनुभएको छ त्यसकारण महिला तपाईंसँग नजिक हुनुको साटो टाढा हुनेछिन् ।

५. पटक–पटक फोन नगर्नुहोस्– यदि तपाईंले प्रभावित पार्न चाहनुभएको महिलाले कुनै कारणवश अथवा व्यस्त हुँदा तपाईंको फोन उठाउन चाहनुभएको छैन र तपाईंको मेसेज फर्काउँदिनन् भने तपार्ईंको बारम्बारको फोन र मेसेजले उनलाई प्रभावित पार्नुभन्दा बढि तनाव दिने गर्दछ ।६. बिल सधैँ आफैँले नै नतिर्नुहोस– यदि तपाईं बाहिर कतै खानको लागि निस्कनु भएको छ भने उनले बिल तिर्दा केहि पनि फरक पर्दैन । यदि तपाईं सधैँ बिल आफैँले तिर्न हठ गर्नुहुन्छ भने तपाईंले उनलाई कृपा गरिरहेको सम्झनु हुनेछ । खर्च बाँड्दा त्यसले उनको आत्मसम्मानलाई कायम राख्ने गर्दछ ।

७. सेक्सको कुरा नगर्नुहोस्– केहि दिन पहिले मात्र सुरु भएको तपाईंको सम्बन्धमा सेक्सको बारेमा कुरा नगर्नुहोस् । यसले तपाईंको छविलाई बिगार्ने गर्दछ । तपाईंले सेक्सको बारेमा कुरा गर्दा ती महिलाले तपाईंले पहिले पनि अरु थुप्रै महिलालाई प्रयास गरिसकेको उनले बुझ्नेछिन् । आफ्नो सम्बन्धलाई अगाडि बढाउनका लागि थोरै समय दिनुहोस् ।८. पुरानो सम्बन्धमा घमण्ड नगर्नुहोस्– तपाईंले थुप्रै महिलासँग सम्बन्ध गाँसिसकेको भन्दै घमण्ड गर्न छोड्नुहोस् । यसो गर्नाले तपाईंको पहिलोको सम्बन्ध बिग्रनुमा तपाईंकै हात भएको उनले बुझ्नुहुनेछ ।

९. नचाहिने कुरामा उपहार बर्साउनु ठिक होइन– नचाहिने कुरामा उपहार दिइरहँदा उनलाई दिक्क लाग्न सक्छ । पैसाले तपाईं उनको माया किन्न सक्नुहुन्न । तपाईंको यस्तो बानी छ भने तुरुन्त हटाउनुहोस् ।१०. पर्सनल लाइफमा बाधा नपुराउनु– महिलालाई तारिफ गरेको मन त पर्छ तर पटक–पटकको तारिफ पनि उनीहरुलाई झर्को लाग्ने गर्दछ । सम्बन्धको सुरुवाती अवस्थामा तपाईं उनको लवाई–खुवाईमा टिप्पणी गरेर उनलाई सल्लाह दिनुहुन्छ भने उनलाई त्यो राम्रो लाग्दैन । महिलालाई उनको पर्सनल लाइफ र उनीहरुको साथीको बारेमा थाहा पाउने कोसिस नगर्नुहोस् । यो पनि :- यस्तो सपना देखे कसैलाई पनि नभन्नुहोला :-

हाम्रो जन्म कसरी भयो त भन्ने सत्यतामा एकछिन सोच्ने हो भने पक्कै सृष्टिकर्ताको खोजीमा घोत्लिन्छौ । तर यो अहिलेसम्मको अनुत्तरित प्रश्न हो । यसमा धेरै नजाऔँ । तर हामी केही कुरामा विश्वास गर्न बाध्य छौ ती कुराहरुको बारेमा केही उल्लेख गरौँ । सपना धेरै मानिसले देख्छन् । निधाएको बेला फिल्मजस्तै आउँनु र स्मरणमा रहनुलाई सपना भनिन्छ ।

कहिले कल्पना गरेका कुरा देखिन्छ त कहिले कल्पना भन्दा बाहिरका कुरा देखिन्छ । अब ती कस्ता सपना चै अति नै महत्वका हुन्छन् कस्तो सपना देख्दा कस्तो फल मिल्छ भन्ने कुरो अति महत्वपुर्ण हो । हरेक दिन हेरक मानिसले फरक फरक सपना देख्ने गर्छन् । कतिले त बिहान उठ्दा के सपना देखिको त्यो पनि बिर्सन्छन् । सपना बिर्सिएमापनि त्यसको कुनै प्रभाव पर्दैन । तर बिर्सिन्छु भनिएका सपना चाहेरपनि बिर्सिन सकिन्न ।

सपना भनेको दिनभरीको काम अनि सुत्नुभन्दा अगाडी सोचिएको विषयलाई नै सपनामा देख्ने गरिन्छ भन्ने विश्वास रहिआएको छ । तर हरेक केही सपना कल्पना गरेभन्दापनि फरक पाइन्छ । सपनाको आ–आफ्नै महत्व रहेको हुन्छ । त्यही भएर सबै सपना अरुलाई भन्नु हुँदैन भन्छन् ज्योतीष शास्त्रीहरु ।

ज्योतीष शास्त्रीहरुका अनुसार यी पाँच वटा सपना देखे अहरुलाई भन्नै हुँदैन । यो सपनाले तपाई हाम्रो जिवनमा नै परिर्वतन ल्याउन सहयोग गर्छ । अरुलाई भन्यो भने सपनाको फल मिल्दैन भन्ने ज्योतिष शास्त्रमा भनिएको छ ।

१, बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देखेमा : बलेको दियो हाम्रो हिन्दु सस्ंकारमा शुभ मानिन्छ । यदि यस्तो सपना देख्नुभो भने तपाईलाई चारै तिरबाट अवसर नै अवसर प्राप्त हुन्छ । यो सपना कसैलाई भन्नु हुँदैन । किनकी त्यो ज्योतिमा देखिनुभएका भगवान तपाईका्े भाग्य उदयका लागि प्रकट हुनुभएको हो । यो सपना जो कोहीले देख्नै सक्दैन । क्रिपया भुलेर वा झुक्किएरपनि यो सपना कसैलाई नभन्नुहोला ।

२, सानो माछा देख्नु भएमा : यदि सपनामा साना माछा पकाएको वा खाएको सपना देख्नु भो भने यस्तो सपनाले तपाईलाई आकस्मिक लाभ प्राप्त हुन्छ । माछालाई देवताका प्रतिक पनि मानिन्छ । मान्नुस् कि तपाईमा भगवानको कृपा सुरु भयो । भाग्यको खेल अब सुरु भएको छ । सपकना नभनि मेहनत गर्न थाल्नुहोस् । अब भाग्य जगमगाउनेछ ।

३, फलफुल भएको हरभरा बगैंचा देखेमा : आफ्नो घरवरिपरि वा कतै कुनै वृक्षमा फल लागेको सपना देख्नु भयो भने यसले तपाईले जिवनमा चाहेको सबै कुरा प्राप्त गर्न सक्नुहुन्छ । यो सपनाले तपाईको मनोकांक्षा पूरा गर्ने लक्षण देखाएको छ । सुद्ध मन राखि बिहानै उठेर भगवानको आराधाना गर्नुहोस् । आफुलाई मन पर्ने भगवानलाई जप्नुहोस् । यसले तपाईलाई लाभ दिनेछ ।

४ साँप वा नाग देख्नु भएमा : सपनामा साँप देखियो भने हामी नागको दोष भनेर नाग पुजा गर्छौ, तर यो एकदम राम्रो सपना हो । यस्तो सपना अरु कसैलाई भन्नु हुँदैन । सपनामा साँपले लखेटेको, वा क्षति गर्न खोजेको आदि देख्नुभयो भने तपाईलाई चाडै धन, मान —सम्मान प्राप्त हुन्छ । यो सपना गुपचुप राख्नुहोस् । धन र मान थाप्न तयार हुनुहोस् ।

५, सपनामा आफूलाई मृत अवस्थामा देखेमा : यस्तो सपना देखेमा यसले तपाईको जिवनमा भइरहेको सबै समस्या अन्त्य गरेर खुसी प्रदान गर्न सहयोग गर्दछ । आफन्त कोहीको मृत्यु भएको देख्नुभयो भने त उहाँको आयू बढेको मानिन्छ भने तपाई आफै त्यस्तो भएको देख्नुभयो भने यसले अब तपाईका सारा समस्या हराएर जानेछन् ।