दीपिका फेरी ट्रोल, ओहो! आफ्नो पर्स पनि उठाउन सक्नुहुन्न म्यामले

एजेन्सी । फिल्म गहराइयाँका कारण सामाजिक सञ्जाल र भारतिय मिडियामा चर्चाको विषय बनेकी बलिउड नायिका दीपिका पादुकोण यतिबेला फेरी अर्को कारणले सामाजिक सञ्जालमा ट्रोलको पात्र भइरहेकी छिन्। उनी माक्स विना विमानस्थलमा देखिएपछि ट्रोल बनेकी हुन् ।

दीपिका आफ्नो मातापिताको घर बेंग्लोर गएकी थिइन्। त्यसक्रममा उनलाई एयरपोर्टमा पापाराजीले भेटे। फोटो खिचे। र सार्वजनिक भयो दीपिकाको मास्कबिनाको तस्बिर।

सेलिब्रिटी त्यसमा पनि दीपिका। भारतमा कोरोना शान्त भइनसक्दै यसरी मास्कबिना उनलाई एयरपोर्टमा देखेपछि दर्शक र सामाजिक सञ्जाल प्रयोगकर्ताले उडाउनु उडाइरहेका छन्।

यति मात्र कहाँ हो र। सार्वजनिक भएको फोटोमा उनले आफ्नो ह्याण्डब्याग पनि आफ्नो बडिगार्डलाई बोक्न लगाएको देखिन्छ। अनि त के चाहियो१ ट्रोलमाथि ट्रोल।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई आश्चर्य लाग्छ, यिनीहरू मास्कबिना कसरी घुमिरहेका छन्र’ अर्कोले लेखेका छन्, ‘ओहो, आफ्नो पर्स पनि उठाउन सक्नुहुन्न म्यामले’।