पल शाह लाइ न्याए दिलाउने भन्दै काठमाडौंमा ठुलो प्रदर्शनको तयारी

काठमाडौं :

किशोरीमाथि कर णी गरेको भन्दै पल शाहविरुद्ध अहिले तनहुँ जिल्ला प्रहरी कार्यालय र नवलपुरमा समेत दुईवटा जाहेरी दर्ता भएका छन् । तनहुँ प्रहरीले पललाई पक्राउ गरिसकेको छ । यो प्रकरणले अहिले सामाजिक सञ्जाल त’रंगित बनिरहेको छ । यस घटनाका बारेमा अनेकन गशिपहरु बनिरहेका छन् ।

केही दिनअघि ती किशोरीलाई आफ्नै साथी दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशीलगायतका व्यक्तिहरुले उचालेर आफूविरुद्ध जाहेरी दिन लगाएको पल शाहले अडियोसहित फेसबुकमा स्टाटस लेखेका थिए । ती किशोरीलाई जाहेरी दर्ता गर्न लगाउने कार्यमा आफ्नै मित्रहरुको उ’क्साहट रहेको शाहले आरोप लगाएका थिए ।

यहि आरोपमा प्रहरी हिरासतमा रहेका नायक पल शाहका समर्थकले काठमाडौंको अनामनगरमा विरोध प्रदर्शनको तयारी गरेका छन्।पलले आफूविरुद्ध षडयन्त्र भयो भनेर सार्वजनिक भएका सामग्री राखेपछि समर्थकले उनको पक्षमा र्‍याली निकाल्ने तयारी गरेका हुन्।

आफूविरुद्ध उजुरी परेको चौथो दिन अभिनेता पल शाह तनहुँ प्रहरीमा पुगेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँमा आफूविरुद्ध जाहेरी परेको चौथो दिन आइतबार आ’त्मस’मर्पण गर्न पुगेका पललाई जिल्ला अदालतले सात दिन न्यायिक हिरासतमा राख्न आदेश दियो।

पल अहिले जिल्ला प्रहरी कार्यालय तनहुँमा छन्। उनलाई भेट्न युट्युबमा समाजसेवी कहलिएका पुण्य गौतमदेखि सांगीतिक क्षेत्रका कलाकार तनहुँ पुगेका छन्।

गायक तथा संगीतकार योगेश काजीलाई भने उजुरी उपर बयानका लागि प्रहरीले बोलाएको छ। योगेश बयानका लागि तनहुँ प्रहरी कार्यालय पुगेका छन्।