१ हप्ता लाग्ने गोकुलेश्वर महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा

बैतडी, १६ फागुन – बैतडी र दार्चुला जिल्लाको सिमाना गोकुलेश्वरमा भव्यताका साथ लाग्ने महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

गोकुलेश्वरमा शिवरात्रीको दिनदेखि करिब १ सातासम्म भव्य मेला लाग्ने गर्दछ । मेलाका लागी यहाँ स्थित शिव मन्दिरहरुलाई रंगरोगन गरिएको छ भने, अस्थायी पसलहरु थापिएका छन् ।

यस मेलालाई व्यापारीक दृष्टीकोणले प्रसिद्ध मेलाका रुपमा लिइन्छ । यहाँ घरेलु सामग्रीहरु डोका, सुप्पा, मोट्टा, छाप्रा, गाग्री, ढकेरा, पारा तथा हातले बुनेका सामग्रीहरु पाइन्छन् ।

यसैगरी जेरी मिठाईका परिकार बिक्रि गर्न भारतको मथुराबाट व्यापारी आउने गर्दछन् । विगतमा यस मेलामा नुनदेखि सुन सम्म पाउने मेलाका रुपमा हेरिन्थ्यो ।

गोकुलेश्वर मेलामा करिब १ हप्ता सम्म महिला र पुरुषको डेउडा खेल लाग्ने गर्दछ ।