प्रचण्डको निणर्यप्रति आपत्ती जनाउँदै माओवादीको कार्यकर्ताहरुबाट एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौं १५ फागुन । सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले झण्डा देखाउँदै अमेरीकी परियोजना एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।

आज बस्ने संसद बैठकमा एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने सत्तारुढ दलको निणर्यप्रति आपत्ती जनाउँदै माओवादीका कार्यकर्ताहरुले नयाँबानेश्वरस्थित संसद भवन परिसरमा प्रर्दशनमा गरिरेका छन् ।

अध्यक्ष प्रचण्डले गरेको निणर्यप्रति आपत्ती जनाउँदै माओवादी केन्द्रका पाँच नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले आपत्ती जनाएका छन् ।

आज पनि संसद भवन वरिपरि बाक्लो प्रहरीको उपस्थिति रहेको छ ।

 

प्रतिक्रिया