स्टाटस लेखे लगत्तै आँफै प्रहरीको नियन्त्रणमा पुगे पल शाह

काठमाडौं । ब , ला , त्कारको आ रोप लागेका नायक पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताए लगत्तै उनी तनहुँ प्रहरीकोमा पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले अभिनेता शाह आँफै तनहुँ प्रहरीको सम्पर्कमा गएको पुष्टि गरे । अभिनेता शाहले आइतबार बिहान एक स्टाटस लेख्दै

के छ पल शाहले लेखेको स्टाटसमा ? : करोडौँ लगानीमा बनेको आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’ लाई अप्ठ्यारो नपरोस भन्ने उदेश्यले तत्काल प्रहरीको सम्पर्कमा नगएका रहेछन् अभिनेता पल शाह रु स्टाटस नै लेखेर अहिलेसम्म सम्पर्कभन्दा बाहिर जानुको रहस्य

काठमाडौं, १५ फागुन । यौ ,न दु,राचारको आ, रोप लागेका अभिनेता पल शाहले आइतबार प्रहरीसामु उपस्थित हुने बताएका छन् । एक नाबालिग गायिकाले आफूमाथि यौ , न दु र्व्यव ,हार भएको भन्दै तनहुँ प्रहरीमा उ जुरी दिएपछि प्रहरीको फ रार सूचीमा रहेका अभिनेता शाहले कानुनलाई सम्मान गर्दै आइतबार प्रहरीसामु उपस्थित हुने बताएका हुन् ।

आफू बिरामी रहेको र घर व्यवहार मिलाउँदा तथा शुक्रबारबाट रिलिज भएको आफ्नो चलचित्रलाई असर नपरोस् भनेर प्रहरीसमक्ष उपस्थित हुन नसकेको भन्दै क्षमा याचना गरेका शाहले आइतबार प्रहरीसमक्ष उपस्थित हुने बताएका हुन् ।

आइतबार आधिकारिक आफ्नो फेसबुक पेजमा शाहले लेखेका छन्, ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।