आफै प्रहरीसामू पुगेका पलको सम्मान गर्दै नायिका पूजाले भनिन् ‘सम्मान छ रियल हिरो’ सत्यको जित अवश्य हुनेछ ’

काठमाडौं-नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गरेका छन् । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहको उनले आज
आत्मसमर्पण गर्ने बताएका थिए । स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीको उपस्थित हुन ढिला भएको बताएका थिए । यसैबिच नायिका पूजा शर्माले
लको आत्मसमर्पण गर्ने निर्णयलाई अभिनेत्री पूजा शर्माले पनि सम्मान भएकी छन् ।

पूजाले सामाजिक संजालमा पलले सार्वजनिक गरेको आत्मसमर्पण गर्ने स्टाटस पोष्ट गर्दै लेखेकी छन् , ‘सम्मान छ रियल हिरोलाई । सत्यको जित अवश्य हुनेछ ।’ पूजा पछिल्लो समय पलको तस्बिर अंकित टिसर्ट लगाएर सार्वजनिक कार्यक्रममा देखिने गरेकी छन् ।पल र पूजा अभिनित फिल्म ‘म यस्तो गित गाउँछु २’ देशभर शुक्रबारबाट प्रदर्शन भइरहेको छ । फिल्मलाई अत्यन्तै मन पराइएको छ ।