व्याख्यात्मक निर्णयसहित एमसीसी अनुमोदन गर्ने विषयमा माओवादी केन्द्रका चार नेताको असहमति

काठमाडौं १५ फागुन । व्याख्यात्मक निर्णयसहित एमसीसी अनुमोदन गर्ने विषयमा नेकपा माओवादी केन्द्रका चार जना नेताले असहमति जनाएका छन् ।

आज बिहानको बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक निर्णयसहित एमसीसी संसदमा अनुमोदन गर्ने निणर्य गरेको हो ।

यस विषयमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएका हुन् ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा सहमति नभए गठवन्धन ट्ट्ने भन्दै व्याख्यात्मक टिप्पणी गरेर अगाडाी बढ्ने बताएका थिए ।