महाशिवरात्रिका लागि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा सफाइ

काठमाडौँ, – महाशिवरात्रिको तयारीकै लागि गोकर्णेश्वर महादेव मन्दिरलाई केन्द्रित गरेर सफाई गरिएको छ । गोकर्णेरश्वर महादेव मन्दिरमा पनि महाशिवरात्रिलगायत पर्वमा भक्तजनको भीड लाग्ने भएकाले तीर्थयात्रीको सुविधाका लागि सफाइ गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा गरिने भएकाले पनि महाशिवरात्रिमा पनि यहाँ भक्तजनको भीड लाग्ने गरेको छ । वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा मुहानदेखि नै वाग्मती सफाइ गर्दै आइएकोे छ । यस क्षेत्रको सफाइमा कुहिने र नकुहिने फोहर वर्गीकरण गरिएको छ । कुहिने फोहर जमिन गाडिने र नकुहिने फोहरमात्र व्यवस्थापन गर्ने गरिएको छ । यस क्षेत्रको सफाइ ‘जिरोवेस्ट’ प्रणालीमा हुँदै आएको छ ।