फिल्म उद्योगकै मान्छेले फिल्म चलाएर देखा त भन्दै यस्तो सम्मको काम गरेर अप्ठ्यारोमा पारेका रहेछन् पूजालाई

काठमाडौ । एक नाबालिगलाई बलात्कार गरेको उजुरी परे पछि भागिरहेका नायक पल शाहको फिल्म म यस्तो गीत गाउँछु २ देशभर प्रर्दशन भईरहेको छ । उनको फिल्म नचल्ने हो कि भनेर नायिका तथा निमात्र्री पुजा शाह लाई खुब पिर बढेको थियो । तर देशभरको नतिजा राम्रै देखियो फिल्मको । यता हलतिर दर्शक फिल्म हेर्न पुगि रहदा नायक पल पनि हलमा आउलानकि भनेर प्रहरी परिचालन पनि राम्रै गरिएको थियो ।

उनको खोजी तिब्र रुपमा भईरहेको छ । अहिले सम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । यसैक्रममा फिल्मको निर्मात्री तथा नायिका पुजा शर्माले पल हलमा नहुदा एकदमै खल्लो महशुष भएको बताईन् । उनले पलको साथ कहिल्यै नछोड्ने समेत बताईन् । पछिल्लो घटना क्रममा लाई हेर्दा पलले त्यस्तो गर्न सक्दैन भन्ने बिश्वास ब्यक्त गरिन् ।

पलले आफु संग ५ बर्ष सम्म संगै रहदा हिड्दा कुनै दायाँ बायाँ गरेको थाहा नभएको बताईन् । पल निर्दोष रहेको घुमाउरो शैलीमा आशय ब्यक्त गरिनै रहिन् । नजिकको साथी बाट कसरी धोका हुदो रहेछ भन्ने लेसन पनि पाएको उनले बताईन् । उनले यसरी कुरा गरिरहदा पल र आफ्नो फोटो अंकित भेष्ट लगाएकी थिईन् । हिजो पलको आज दुबै जनाको किन भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्– पल र पुजा एक अर्का बिना अधुरो छन् । दुबै जनाको परिपुरक हुन् ।

त्यतिमात्र हैन आफुलाई फिल्म उद्योगकै मान्छेहरुले फिल्म चलाएर देखा त भन्दै फोन गरेर दागा समेत गरेको गुनासो गरिन् ।आफुलाई फिल्म उद्योगकै मान्छेहरुले असहयोग गरेको बताईन् । फिल्म रिलिज हुनु अघिल्लो दिन सम्म फोन गरेर तेरो फिल्म अब के हुन्छ हेर्दै जा भनेर दागा धर्नेहरुलाई फिल्मको प्रर्दशनले नै जवाफ दिईसकेको बताईन् । सबैले आफुलाई फोन गरेर उडाएको उनको भनाई छ । उनले भनिन्– मलाई कतिपयको फोन आयो ।

अनि तेरो फिल्मको माया लाग्यो भनेर गिज्याए पनि । रिलिजको अघिल्लो दिन सम्म यस्तो भयो । मलाई एकदमै पीर लागेको थियो । फिल्म उद्योगकै मान्छेले फोन गरेर यसरी गिज्याउँदा ।तर केही छैन फिल्म आफै बोलिसकेको छ । यसले उनीहरुलाई उत्तर दिई सकेको छ । उनले आफ्नो चलचित्रको प्रिमियरका लागि फोन गरि गरि बोलाउँदा पनि कतिपय नआएको भन्दै गुनासो पोखिन् ।