नेपाल आउँदै साउथ सुपरस्टार रामचरण

काठमाडौं। दक्षिण भारतीय सुपरस्टार रामचरण तेजा नेपाल आउने भएका छन्। चलचित्र छायांकन स्थलको अवलोकन अभिनेता रामचरणसहितको टोली फेब्रुअरी २८ मा नेपाल आउन लागेको हो।

चलचित्रको छायांकन मनाङ, काठमाडौं र मुस्ताङमा गरिने जनाइएको छ। उक्त चलचित्रको छायांकन अप्रिलदेखि सुरु हुने बताइएको छ।

छायांकन गर्ने चलचित्रको नाम भने अहिले सार्वजनिक गरिएको छैन। रामचरणको चलचित्रको छायांकन तीन-चार महिनाअघि नै गरिने भनिएको थियो तर, हिउँ परेकाले रोकिएको बताइएको छ।