माओवादी केन्द्र मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने पार्टी हो : प्रचण्ड

काठमाडौ ९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले माओवादी केन्द्र मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने पार्टी भएको स्पष्ट पारेका छन् ।

सोमबार एक कार्यक्रममा कांग्रेस र एमालेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् । पार्टी प्रवेश गराउने उक्त कार्यक्रममा उनले पार्टीमा फर्कने र प्रवेश गर्ने लहर चलेको बताएका छन् ।

पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट र एमालेमा रहेका रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता कार्यकर्ताहरुले आज माओवादी पार्टी प्रवेश गरेका छन्