किन्ने होइन ? लगातार बढेको सुनको मूल्य आज भने घट्यो, हेर्नुहोस् यस्तो छ बजार भाउ

काठमाडौ । नेपाली बजारमा साताको दास्रो दिन सुनको मूल्य घटेको छ । लगातार बढेको सुनको मूल्य आज तोलामा ४०० रुपैयाँ घटेर ९६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको जनाइएको छ ।

त्यस्तैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँ घटेर प्रतितोला १३०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।