पोखरामा सेतीको खोचमा अड्किएका युवकको १८ घण्टापछि उद्धार, हेर्नुहोस् भिडियो

पोखरा । पोखरामा सेतीको खोचमा अ’ड्किएका युवकको १८ घण्टापछि उद्धार भएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १५ ढुङ्गे साँघुमा रहेको सेती नदीको खोँचमा अ’ड्किईरहेको अवस्थामा युवक फेला परेका थिए ।

सिन्धुपाल्चोक जिल्ला घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १० अस्पतालचोक बस्ने ३७ वर्षीय भीम बहादुर तामाङ सेती नदीको खोँचमा अ’ड्किईरहेको अवस्थामा फेला परेका हुन् ।

तामाङ्गलाई प्रहरी हवल्दार श्याम कान्त श्रीवास्तवको नेतृत्वमा प्रहरी जवान गन कुमार खण्डलुक, प्रहरी जवान दिपेन्द्र बोहोरा, प्रहरी जवान कुमार थाल मगर समेतको विशेष उद्धार टोलीले नेपाली सेना, सशस्त्र प्रहरी बल नेपालबाट खटिएका उद्धार टोलीसँग समन्वय र सहकार्य गरी ५ घण्टाको अथक निरन्तर प्रयासमा सकुशल उद्धार गरेको छ ।

तामाङको अनुहार र शरीरमा कोतरिएको चो’ट देखिएको छ भने उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जानकारी दिएको छ । तामाङ्ग के कारणले खोचमा खसे भन्ने विषयमा थप अनुशन्धान भइरहेको छ । भिडियो