के अर्थमन्त्री शर्माले राजीनामा दिन लागेका हुन ?

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा संसद बैठकमा अनुपस्थित भएका छन् । माओवादी केन्द्रका नेता समेत रहेका शर्माले एमसीसी टेबल गर्ने कार्यसुची भएपनि शर्मा संसद बैठकमा अनुपस्थित भएपछी एमसीसी टेबल भने सुचता तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरेका छन् । मन्त्री शर्माको सचिवालयले उनि विरामी भएको दावी गरेको छ । तर, शर्मा भने मन्त्रि क्वार्टरमै बसिरहेको र विरामी नभएको स्रोतको दावी छ ।

माओवादी केन्द्रमा नेता शर्मासहित नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीलगायत एमसीसीको विरोधमा छन् । अर्थमन्त्री शर्माले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी आफुले टेबल नगर्ने बताएको स्रोत बताउंछ । आइतबारको सत्तारुढ दलको बैठकमा समेत उनि ढिला पुगेका थिए ।

ad

 

शर्माले यसअघि आफु निकट नेताहरुलाई संशोधन विना टेबल भए आफु पदमा नबस्ने बताएको स्रोत बताउंछ । कार्यव्यवस्थाको बैठकपछी संघीय संसद सचिवालयले प्रकाशित गरेको बैठकको कार्यसूचीमा समेत अर्थमन्त्री शर्माले नै एमसीसी टेबल गर्ने उल्लेख भएपनि उनले टेबल गर्न नमानेपछी कार्कीले सम्झौता टेबल गरेका हुन ।

शर्मा निकट स्रोतले उनले अर्थमन्त्रीबाट राजीनामा समेत दिन सक्ने मुडमा समेत रहेको बताएको छ । एमसीसी संम्झौता संशोधन विना पारित गर्न नहुने अडानमा रहेको माओवादी केन्द्र अन्ततः सम्झौता टेबल गर्न सहमत भएको थियो । तर, माओवादी केन्द्रले छलफल गर्न सहमत भएपछि पक्षमा भोट नहाल्ने बताएको छ ।

उसले सडक आन्दोलनलाई समेत जारी राखेको छ । सभामुख सापकोटा समेत यसअघि दलहरुको सहमति विना एमसीसी टेबल नगर्ने अडानमा भएपनि अन्तिममा टेबल गर्न सहमत भएका हुन ।