दंगा नियन्त्रण गर्न प्रहरीले प्रहार गर्ने ‘अश्रु ग्यास’ ले फोक्सोको क्यान्सर हुने जोखिम

–यशाेदा चौलागाईँ, काठमाडौं : मिलिनियन च्यालेन्ज कोअपरेसन एमसीसी पछिल्लो समय चर्चाको विषय बनेको छ । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अघि बढाउने कसरत गरिरहेका बेला त्यसको विरोधमा भएका सडक प्रर्दशनहरुले काठमाडौको मुख्य सडक बानेश्वर अस्तव्यस्त बन्यो ।

देशैभर चर्चाको विषय बनेको एमसिसिका कारण विश्व नै हल्लिएको छ । एमसीसी चाइदैन। देश बेच्न पाइदैन भन्दै संसद भवन अगाडि नियमित जुलुस र प्रर्दशन भइरहेका छन् । कतियले एमसीसीले देशको आर्थिक र हरेक क्षेत्रमा सहयोग पुर्याउने भन्दै पारित गरिनुपर्ने बताएका छन् भने कतिपयले एमसीसी घातक रहेको पनि बताएका छन् ।

प्रदर्शनकारीहरुले पनि प्रहरीमाथि ढुङ्गामुढा गरिरहेका छन् । आज दिनभर काठमाडौं उपत्यकाको अति व्यस्त सडक बानेश्वरमा प्रदर्शनका क्रममा भएको अश्रु ग्यास प्रहार, पानीका फोहोरा र इँट्टा हानाहानले सर्वसाधारणले सास्ती मात्र पाएनन् प्रहरी र प्रर्दशनकारी बीच झडप हुँदा अवस्था तनाग्रस्त बन्यो ।

प्रहरीले हुलदंगा नियन्त्रण गर्न चलाउने अस्त्र हो अश्रु ग्याँस । स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि थप क्षति हुन नदिन अश्रु ग्यास प्रहार हुने गर्दछ । सडक आन्दोलन र झडपमा अक्सर प्रहरी अश्रु ग्याससहित उपस्थित हुन्छ । अश्रु ग्यासका कारण आँखा पोल्ने र अरु विभिन्न समस्या आउने हुँदा सर्वसाधारणहरु र व्यापारीहरु मर्कामा परेका छन् ।

अश्रु ग्यास परेपछि प्रष्ट देख्न सकिदैन । आँसुको ग्रन्थीमा असर पर्न गइ आँसु बगिरहन्छ केहिबेर । अश्रु ग्यास अत्याधिक भएमा  दृष्टिमा कमी ल्याउने, आँखा पाक्ने, चिलाउने, आँखा जन्य रोग लाग्ने बढी सम्भावना हुन्छ । आँखासँगै छालामा पनि यसको असर पर्छ । छाला चिलाउने, छालामा विभिन्न किसिमका समस्या देखिने गर्छ । अश्रु ग्यास बढी भएमा  श्वास प्रश्वास सम्बन्धी रोग जस्तै दम हुने, सामान्य अवस्थामा पनि श्वास प्रश्वासमा असजिलो हुने गर्दछ ।

अश्रु ग्याँसको बढी प्रयोगले मानवीय स्वास्थ्यमा ठूलो हानी पुर्याउने गर्दछ । अश्रु ग्यास आँखामा परेपछि आँखा पोल्ने, चिलाउने, धमिलो देखिने हुन्छ ।  केही घण्टासम्म आँखा पोल्ने, आँसु आउने गर्छ । यसबाहेक फोक्सोको क्यान्सर हुने जोखिम पनि रहन्छ । विरोध प्रर्दशनमा यस्ता हानिकारक वस्तुहरु नफाल्न सर्वसाधारणहरुले आग्रह गरेका छन् ।