रावल र श्रेष्ठलाई विश्वप्रकाशको चुनौती : म पद त्याग गर्न तयार छु के तपाईंहरू तयार हुनुहुन्छ?

काठमाडौं ८ फागुन । नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी परियोजना एमसीसीको विषयमा नबुझि विरोधमा नउत्रन आग्रह गरेका छन् । झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

एमसिसीलाई अहिले राष्ट्रघातको रूपमा हेरिए पनि २० वर्षपछि राष्ट्रिय आम्दानीको दर्विलो स्रोत हुने दावी गरेका उनले एमसिसीको सहयोगबाट बिजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने बताएका छन् ।

साथै उक्त कार्यक्रममा नेता शर्माले एमाले नेता भीम रावल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई चुनौती समेत दिएका छन् । एमसीसीको प्रक्रिया अगाडी बढाउँदा रावल श्रेष्ठ सरकारमा थिए । जति बेला प्रधानमन्त्री बाबुराम भट्टराई थिए ।

‘रावल र श्रेष्ठलाई म चुनौती दिन चाहन्छु, तपाईंहरू सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु । तपाईंहरू तयार हुनुहुन्छ ?’

सबै देशको लगानीलाई स्वागत गर्ने बताएका उनले सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट समेत उक्त कार्यक्रममा पारेका छन्