दुई–दुई वटा सभामुख फेरिए , तर एमसीसी टेबल भएन, जब नेपाल विदेशीहरुको चलखेलको केन्द्र बन्यो अनि संसदमा पेश भयो : अध्यक्ष ओली

काठमाडौं ८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय प्रणालीमा आफुहरुले भाग लिए आफ्नो एउटा स्ट्याण्ड हुने बताएका छन् ।

आइतबार बसेको संसद बैठक पछि सांसदहरुसँग अन्तक्रिया गर्दै ओलीले विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि सरकारले बल्ल एमसीसी पेश गरेको बताएका हुन् ।

दुई -दुई वटा संसद फेरिदा टबेल नभएको एमसीसी जब विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि पेश भएको बताएका उक्त अन्तक्रियामा सहभागी भएका एक सांसदले भने ।

विदेशीहरुले नेपालको विषयलाई लिएर भनाबैरी गर्न थाले । सडकमा नागरिकहरुबीच झडपको अवस्था भएपछि बल्ल ल्याइयो ।

ओलीले आफुहरु द्वन्द्व बढाउने पक्षमा नरहेको र शान्तिपूर्ण निकासको पक्षमा भएको बताएका छन् ।