विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गर्यो, तर हाम्रो पार्टी एमसीसीको विपक्षमा छ : अध्यक्ष प्रचण्ड

काठमाडौं ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु अमेरिकी परियोजना एमसीसीको विपक्षमा रहेको स्पष्ट पारेका छन् ।

विवाद र बिरोधका बीच सरकारले एमसीसी संसदमा टेबल गरेको बताएका उनले हाम्रो पार्टी र संसदिय दलले एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको बताएका छन् ।

संसदमा टेबल गर्न सहमति भएका प्रचण्डले एमसीसी संसदमा टेबल भएपछि समाजिक सञ्जालमा यस्तो बताएका हुन् ।

साथै, उनले एमसीसी टेबल गर्नु हुँदैन भन्दै प्रर्दशनमा उत्रिएका प्रदर्शकारीमाथि भएको दमनको विरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

उनले भनेका छन्,विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’
विवाद र बिरोधका बीच सरकारले MCC टेबुल गरेको छ। हाम्रो पार्टी र संसदिय दलले MCC का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।

MCC टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्सनकारीमाथी भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।