एमसीसी सम्झौताले संविधान, कानुन मिचिने र स्वतन्त्र परराष्ट्र नीतिमा आघात पार्यो : भीम रावल

काठमाडौं ८ फागुन । एमसीसी विरोधी नेकपा एमालेका नेता भीम रावलले संसदमै एमसीसीको विरोध गरेका छन् । आज बसेको संसद बैठकमा एमसीसी टेबल भएपछि उभिएरै यसको विरोध जनाएका हुन् ।

उनले एमसीसी सम्झौताले संविधान, कानुन मिचिने र स्वतन्त्र परराष्ट्र नीतिमा आघात पार्ने सबै सबै नेपालीको तर्फबाट यो सम्झौता खोरज गर्न आग्रह गरेका थिए ।

राष्ट्रघाती एमसीसीको विषयमा प्रमुख प्रतिपक्षीले विरोध गरिरहेको, सरकारमा रहेका दलहरुको बीचमा सहमति नभइरहेको अवस्थामा जनताको भावना विपरित संसदमा टेबल गर्नु आपत्ती जनक भएको बताएका छन् ।

‘हाम्रो देश अरू देशको धम्कीबाट चल्नले गरेको छ ।’ उनले भने ।