गठबन्धनलाई जोगाउनको लागि एमसीसी संसदमा टेबल गर्न दिने : नेकपा माओवादी

काठमाडौं ८ फागुन । एमसीसीका विरोधी नेकपा ९माओवादी केन्द्र०का नेताहरूले अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता अनुमोदनका लागि आज संसद्मा टेबल हुने बताएका छन् ।

माओवदीका एक नेताले दिएको जानकारी अनुसार आज बस्ने संसद बैठकमा एमसीसी टेबल हुने भएको हो । एमसीसी संसदमा टेबल गर्न दिएपनि विपक्षमा नै मतदान गर्ने बुझिएको छ ।

गठवन्धनलाई जोगाउन एमसीसी संसदमा टेबल गर्न दिएको ति नेताले बताएका छन् । टेबल गरेपनि मतदान भने नगरिने बताएका उनले । त्यसपछि के हुन्छ हेर्दै जाने बताएका छन् ।

अहिले सत्ता गठवन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । साथै नेकपा एकीकृत समाजवादीले पनि संसदमा एमसीसी टबल गर्न दिने निणर्य गरिसकेको छ ।