के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आइतबारको सुनको मूल्य

काठमाडौँ।नेपाली बजारमा आज आइतबार पनि सुनको मूल्य बढेको छ ।

शुक्रबार तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १०० सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघल जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ। त्यस्तैगरी आज
चाँदीको मुल्य भने स्थिर छ। आज चाँदीको मुल्य एक हजार ३०५ रुपैयाँमा कारोबार भएको जनाइएको छ ।