गगन थापाको प्रश्न : अनुदान कतैबाट नलिने हो भने , हाम्रो पूर्वाधार बनाउने आकांक्षा पूरा गर्ने चाहिँ कसरी हो ? कसैले बताइदिनुपर्‍यो

काठमाडौं ६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको विषयमा चौतर्फी विरोध हुँदा अनुदान नलिने भए ऋण पनि कतैबाट लिनु नहुने बताएका छन् ।

शुक्रबार बसेको संसद बैठक पछि संसद भवनबाट बाहिरिने क्रममा महामन्त्री थापाले अनुदान समेत चाहिँदैन भनेपछि ऋण लिने अवस्था नै नआउने बताएका हुन् ।

पूर्वाधारका लागि आएको ५०/६० अर्ब नेपाललाई चाहिँदैन, हामी आफैं सक्छौँ र गर्छौँ भन्ने हो भने अब योभन्दा अगाडिको यात्रामा नेपालले कुनै पनि पूर्वाधार बनाउनका निम्ति नेपालले कोहीसँग पनि पैसा चाहिन्छ भन्ने सक्ने अवस्था रहँदैन ’ थापाले भने ।

एमसीसीको विषयमा संसदमा आफु बहस गर्न तयार भएको बताएका उनले भने , ‘एउटा एउटा बुँदामा ‘डिबेट’ गरौँला भनेर कुरेको हो । ‘डिबेट’ नै गर्न नपाएर मात्रै हो । हामी सबै जवाफदेही हुनुपर्छ । हामी सबैले यसमा काम गरेर आएको हो।’

अनुदान , ऋण कतैबाट नलिने हो भने , अब हाम्रो पूर्वाधार बनाउने आकांक्षा पूरा गर्ने चाहिँ कसरी हो ? कसैले बताइदिनुपर्‍यो’ उनले अघि भनेका छन् ।