प्रचण्ड नेपाललाई थापाको आग्रह : सरकारमा बस्ने अनि सरकार कै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ बन्द गर्नुहोस्

काठमाडौं ६ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकतृ समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सडकमा ढुङ्गामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्न आग्रह गरेका छन् ।

यदि एमसीसीको विरुद्धमा भए खुलेर प्रतिवाद गर्नु आग्रह गरेका नेता थापाले सरकारमा बस्ने अनि सरकार कै विरोधमा सडकमा प्रदर्शन गर्ने “गाईजात्रा” ले संविधान र व्यवस्था कै खिल्ली उडाएको बताएका छन् ।

सडकमा ढुङ्गामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस् उनले भनेका छन् ।

‘एमसीसीको विरुद्धमा हुनहुन्छ भने खुलेर प्रतिवाद गर्नुहोस्।सरकारमा बस्ने अनि सरकार कै विरोधमा सडकमा प्रदर्शन गर्ने “गाईजात्रा” ले संविधान र व्यवस्था कै खिल्ली उडाएको छ। ‘

सडकमा ढुङ्गामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस् @cmprachanda @ncp_madhavnepal MCCको विरुद्धमा हुनहुन्छ भने खुलेर प्रतिवाद गर्नुहोस्।सरकारमा बस्ने अनि सरकार कै विरोधमा सडकमा प्रदर्शन गर्ने “गाईजात्रा” ले संविधान र व्यवस्था कै खिल्ली उडाएको छ