फिल्म गंगुबाईमा यौनकर्मीको भूमिकामा आलिया, चरित्रलाई लिएर रणवीर हैरान, घरमै पनि गर्न थालिन् यस्ता हर्कत

आलिया भट्ट बलिउड उद्योगमा निकै चर्चित अभिनेत्री हुन् । आलियाले बलिउडका धेरै ठूला फिल्ममा काम गरिसकेकी छिन् । उनले चलचित्र क्षेत्रका दिग्गज कलाकारसँग पनि काम गरिसकेकि छिन् । हालै उनको फिल्म ‘गंगुबाई काठियावाडी’ को ट्रेलर सार्वजनिक भएको छ । त्यसपछि यो फिल्मको सर्वत्र चर्चा भइरहेको छ । ट्रेलर रिलिज भएपछि आलियालाई कहिले फिल्मलाई लिएर ट्रोल गरिएको छ भने कहिले यस फिल्मको बारेमा धेरै खुलासा भइरहेको छ ।

हालै फिल्मका निर्देशक सञ्जय लीला भन्सालीले आलियाको बारेमा खुलासा गरेका छन् । अभिनेत्री आलिया सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानहरूसँग कुनै न कुनै पोस्ट सेयर गरिरहेकी छिन् । जसलाई फ्यानहरुले पनि निकै रुचाएका छन् । आलियाले आफ्नो इन्स्टाग्रामबाट फिल्मको ट्रेलर पनि सेयर गरेकी छिन् । जसमा फ्यानहरुको निकै राम्रो प्रतिक्रिया आइरहेको छ ।

यसैबीच, फिल्मका निर्देशक सञ्जय लीला भन्सालीले आलियाको बारेमा बताउँदै यस फिल्ममा उनको चरित्रका कारण उनको प्रेमीले निकै दुःख भोग्नुपरेको बताए । उनले आलिया आफ्नो चरित्रमा डुबेको बताए । सधैं गंगुबाईजस्तै बोल्थिन् । सञ्जय लीला भन्सालीले थपे कि आलियाले घरमा पनि गंगुबाई जस्तै अभिनय गर्थिन् । जसको जानकारी आलियाका प्रेमीले मात्र दिएका थिए । यसपछि निर्देशक भन्सालीले फिल्मको एउटा दृश्यबाटै आफू कति राम्रो नर्तकी छिन् र भूमिकामा कति हदसम्म आइपुगिन् भन्ने थाहा भएको बताए ।

सञ्जय लीला भन्सालीले भने कि जब आलियालाई ढोलिडा गीतमा नाच्न भनियो, उनको डान्स देखेर आफूलाई आफ्नो क्यारेक्टरमा पूरै रमाएको महसुस भयो। यदि अभिनेत्री आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’ को रिलिजको कुरा गर्ने हो भने यो फिल्म २५ फेब्रुअरी २०२२ मा रिलिज हुनेछ । यस फिल्ममा आलिया भट्ट मुख्य भूमिकामा देखिनेछिन् ।

यस फिल्ममा अभिनेत्रीसँगै अजय देवगन पनि मुख्य भूमिकामा हुनेछन् । उनका फ्यानहरु उनको फिल्मको प्रतिक्षामा छन् । तर, विगतमा गंगुबाईको परिवारले यो फिल्मको विरोध गरिरहेको खबर आइरहेको थियो । फिल्ममा गंगुबाईलाई जसरी चित्रण गरिएको छ, उनी त्यस्तो नभएको बताउँछन् ।