एमसीसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र पुनः तनावग्रस्त

एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरुले नयाँबानेश्वरमा शुक्रवार पनि प्रदर्शन गरेका छन् ।

अखिल क्रान्तिकारी, वाईसीएल लगायतका कार्यकर्ताहरुको प्रदर्शन उग्र बन्दै गएपछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्न थालेको छ । प्रदर्शनकारीहरुले सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीसँग झडप भएको छ ।