मन्त्रिपरिषद् बैठक : प्रहरीमा ३ एआईजी थप्ने निर्णय

काठमाडौं। सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीन जना एआईजी थप्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले तीन जना एआईजी थप्ने निर्णय गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन्।

प्रहरीमा हाल जनपदतर्फ ५ जना एआईजी छन्। तीन जना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ। मन्त्रिपरिषद्को नियमित बैठकमा मन्त्रालयगत एजेण्डाका विषयसहित एमसीसीबारे छलफल भएको बुझिएको छ। साथै एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल भएको बताइएको छ।