श्री अमर ज्योति जनता माध्यमिक विद्यालमा अखिल (क्रान्तिकारी)को समिति विस्तार गरिएको छ

पालुङ्टार नगरपालिका भित्रको विद्यालयमा अखिल(क्रान्तिकारी)ले विद्यालय समिती विस्तार गर्ने कार्य सुरुवात गरेको छ । यसै क्रममा पालुङ्टार नगरपालिका वडा-०४ को श्री अमर ज्योति जनता माध्यमिक विद्यालमा पनि माओवादी केन्द्र निकट भातृसंगठनको अखिल (क्रान्तिकारी) ले विद्यालय समिती गठन गरेको छ ।
अखिल (क्रान्तिकारी) नगर समितीका अध्यक्ष सरोज रोका, नेकपा (माओवादी केन्द्र) नगर समितीका सदस्य मदन देवकोटा (प्रमुख अतिथि), नेकपा (माओवादी केन्द्र) नगर समितीका सदस्य मान बहादुर पौडेल(अतिथि), नेकपा(माओवादी केन्द्र) नगर समितीका सदस्य संकर रोका(अतिथि) र अखिल (क्रान्तिकारी) को जिल्ला सह-सचिव तथा सिरानचोक गाउँपालीका अखिल(क्रान्तिकारी) का अध्यक्ष सागर सापकोटाको (अतिथि) उपस्थितिमा विद्यालय समिती गठन भएको छ । उपस्थिति उक्त टोलिले प्रदिप रोकालाई अध्यक्षको जिम्मावारी तोकेको छ । त्यस्तै नौ जना प्रतिनिधि सहित ३५ सदस्य गठन गरेको छ ।
श्री अमर ज्योति जनता माध्यमिक विद्यालयको अखिल (क्रान्तिकारी) को सम्मेलनमा एक सय चौध जना विद्यार्थीको उपस्थिति थिए ।