एमसीसीमा देउवाको अडान : नेपाली काँग्रेस एमसीसी जसरी पास गर्ने पक्षमा छ

काठमाडौं ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना एमसीसी पास फेल जे भएपनि संसदले टुंग्याउनुपर्ने बताएका छन् ।

बिहिबार कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट पारेका हुन् ।

राष्ट्रको हितमा रेको एमसीसी पास गर्ने पक्षमा आफु भएपनि संसदले गरेको निणर्य मान्य उनले बताएका छन् ।

‘एमसीसी संसदमा पास र फेल के हुन्छ थाहा छैन । यद्यपि नेपाली काँग्रेस भने जसरी पास गर्ने पक्षमा रहेको छ । एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ।’ देउवाले भने ।