सुनको मूल्य ताेलामा एक हजार रुपैयाँले बढ्याे

काठमाडौँ । सुनको भाउ बिहीबार प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी,बिहीबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।                                                      चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।