काठमाडौंबाट नक्कली नेपाली नोट सहित ४ जना समातिए

काठमाडौं, ५ फागुन-काठमाडौं महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोक एरियाबाट १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बजार बस्नेहरू रौतहट गौर नगरपालिका-१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका-३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका-६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका-९ घर भएका २८ वर्षीय महमद शम्साद आलम रहेका छन् ।

उक्त स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ