जीवनविकाशलाई टक्कर दिने आईपीओ भखरै खुल्याे, आजै भर्दा ठिक कि २/३ दिनपछि ?

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन ४ गते, बुधबार) बाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।

 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकाे हाे ।

 

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

 

कति र कहिले सम्म आवेदन दिने ?

 

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा फागुन ८ गतेदेखि ढीलाेमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

 

यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । संस्थाकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

 

संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

 

याे राम्राे कम्पनीकाे आईपीओ भएकाले यसमा पनि उच्च संख्यामा आवेदन पर्ने निश्चित नै छ । त्यसैले यसमा पनि भाग्य भराेसा नै हुनेछ । त्यसैले जहिले भर्दा पनि फरक नपर्ला ।

 

यो पनि- भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । राष्टिय गौरबको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो ।

 

प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको छ । एरो थाइको जहाज फागुन ५ गते काठमाडौँस्थित त्रिभुवन अन्तरराष्टिय विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौँबाट भैरहवाका लागि उडान भरेर उडान गर्ने जनाइएको छ ।

 

गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ । उडानका समयमा गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण समय ढिलो हुने भएकाले सम्बन्धित वायुसेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । परीक्षण उडान पश्चात यो विमानस्थमा व्यवसायिक उडान गर्ने तयारी गरिएको छ ।

 

यो उडानपछि भैरहवा विमानस्थल अन्य साधारण प्रकृतिको उडानका लागि योग्य र सुरक्षित भए/नभएको प्रमाणित हुनेछ । ‘क्यालिब्रेसन अगाडी अरु उडान गर्दा सुरक्षामा शतप्रतिशत ढुक्क हुने अवस्था हुन्न,’ न्यौपाने भन्छन्, तर, क्यालिब्रेसनले हवाई सुरक्षाको सुनिश्चितता गर्छ ।’

 

न्यौपानेका अनुसार यस दौरान यन्त्र–उपकरणले काम गरे–नगरेको परीक्षण गरिन्छ । यस क्रममा कन्ट्रोलर टावर र जहाजबीचको कुराकानी गर्न जडान गरिने सूचना संयन्त्रले समेत काम गरे नगरेको हेरिन्छ । धावनमार्गको भौतिक पक्षसँग क्यालिब्रेसनको सम्बन्ध हुँदैन । तर, धावनमार्गमा राखिएका संकेत चिन्ह तथा लाइटिङहरु ठिक भए–नभएको भने हेरिनेछ ।

 

यसरी हुने क्यालिब्रेसन फ्लाइटका लागि आउने जहाजमा कुल ७ जना हुनेछन् । त्यसमध्ये दुई जना पाइलट र को–पाइलट हुन्छन् । अन्य भने विशेषज्ञ टोली हुनेछन् । एरोथाईकै इन्जिनियर टोलीले परीक्षणको काम गर्नेछ । परीक्षणको काम एकै दिन सम्पन्न हुने भन्ने हुँदैन । सोहीकारण १५ फागुनसम्मको समय राखिएको हो ।

 

क्यालिब्रेसन उडानपछि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान गर्ने तयारी छ । त्यसपछि भने अन्य व्यवस्थापनको काम पूरा गरी व्यवसायिक उडानका लागि वायुसेवा कम्पनीलाई आह्वान गर्न सकिने छ ।