पल-समीक्षा प्रेमकथा: कहिले प्रकट होला गायिका समीक्षाको ‘महाकाली रुप’ ?

काठमाडौँ : अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीबीचको प्रेम सम्बन्धको विवाद बिस्तारै मत्थ्थर हुँदै गएको छ। यद्यपि के-के बुँदामा सम्झौता भयो भन्नेबारेमा दुवै पक्षले खुलाउन चाहेका छैनन्। । पछिल्ला केही महिनाहरुमा उनीहरुबीचको प्रेम सम्बन्धलाई लिएर सञ्चारमाध्यमहरु मात्रै नभई नेपाली चलचित्र क्षेत्र निकै तातेको थियो । तर, अहिले यसबारे दुवै जना मौन देखिएका छन्।

यसअघि २० जनवरी २०२२ मा सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै गायिका अधिकारीले अभिनेता शाहसँगको आफ्नो सम्बन्धको वास्तविक यथार्थ बाहिर ल्याउने बताएसँगै चलिचित्र क्षेत्रमा हंगामा मच्चिएको थियो । उनले त्यतिबेला सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै यस अगाडिका आफ्ना अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुरोधमा लेखिएको बताएकी थिइन् ।

त्यसअघि २४ अक्टोबर २०२१ मा अधिकारीले पल र आफूबीच अभिभावकको सम्बन्ध भएको बताउँदै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्र हत्या भएको बताएकी थिइन् । पलसँगको सम्बन्धबारे अधिकारीले पटक–पटक स्टाटस लेख्दै आफूलाई कमजोर नसम्झन चेतावनी दिइरहेकी छन् ।

त्यसअघि पनि अधिकारीले पटक–पटक स्टाटस लेख्दै आफूलाई कमजोर नसम्झन चेतावनी दिइरहेकी थिइन् । त्यसअघि पनि उनले १९ अक्टोबरमा ‘परेको खण्डमा आफूले महाकालीको रुप लिन सक्ने’ भन्दै चेतावनी शैलीमा स्टाटस समेत लेखेकी थिइन् । यद्यपि उनले उक्त रुप कहिले प्रकट गर्छिन् भन्नेबारे प्रस्ट बताएकी छैनन् । उनले निकै लामो समयदेखि पलसंगको सम्बन्धबारेमा कुनै पोस्ट गरेकी छैनन्।

यता, अभिनेता शाहलाई यस विवादमा फसाउन यसअघि उनकै नजिकको मित्र भनेर चिनिएका कलाकार दुर्गेश थापा लागि परेको पलनिकटका केही व्यक्तिहरु बताउँछन्। उनीहरुका अनुसार पछिल्लो समय पल-दुर्गेश सम्बन्ध त्यति राम्रो छैन। जसका कारण समीक्षालाई दुर्गेशले उचालेर पलसँग दुस्मनी मोल्न उक्साई रहेका छन्।