हलिउडमा समेत सुपर जोडीको रुपमा चिनिने प्रियंका र निकको छ गज्जबको लभस्टोरी

एजेन्सी -प्रियंका चोपडा तथा निक जोनस बलिउडमा मात्र हैन हलिउडमा समेत सुपर जोडीको रुपमा चिनिन्छ । प्रियंका र निकको लभस्टोरी एकदमै गज्जबको रहेको छ । उनीहरु दुबै बीच माया संगै रोमान्स गरिरहेको कुरा सधै चर्चामै रहन्छ । अब आएर प्रियंकाको एउटा पोष्ट जस्ले फ्यानलाई क्रेजी बनाउन पर्याप्त रहेको छ ।

प्रियंकाले आफ्नो हबी निक संग आफ्नो एक नयाँ पोष्ट लगाएकी छिन् जस्ले इन्टरनेटमा तहल्का नै पिटेको छ । प्रियंकाले निक संग बिकिनी फोटो सुट गराएकी छिन् । फोटोमा निक जोनसको पोजले फ्यानहरुको ध्यान पुरै तानेको छ ।

फोटोमा प्रियंका बिकिनी पुलको साइडमा सनबाथको मज्जा लिईरहेकी हुन्छिन् त्यति नै बेला प्रियंकाको पछाडी बसेका निक फोर्क चम्चा तथा चक्कु लिएर प्रियंकाको पछाडी पोज दिईरहेको देख्न सकिन्छ । यो फोटो फ्यानहरु लाई एकदमै रमाईलो लागिरहेको छ ।
प्रियंकाले निक संगको आफ्नो फोटोमा क्याप्शन दिएकि छिन्– सर्प । यस संगै अभिनेत्री प्रियंकाले फोर्क तथा नाइफवाला इमोजी तथा हर्ट इमोजी पनि बनाएकी छिन् । यो फोटोमा उनीहरु दुबै एकदमै रोमान्टिक देखिएका छन् ।