महानायक राजेश हमाल पहिलोपटक फरक भूमिकामा र्‍याप गीतमा, एकैछिनमा वन्यो भाईरल (भिडियोसहित)

अभिनेता राजेश हमालले फरक भूमिकामा अभिनय गरेको र्‍याप म्युजिक भिडियो ‘नाच न कान्छी’ सार्वजनिक भएको छ l अभिराज ओली (एम्सेन्ज) को भोकल रहेको र्‍यापको शब्द,संगीत र एरेन्ज ॐ सुनुवारको रहेको छ l देवेन्द्र कुवरको निर्देशन र कोरियोग्राफी भिडियोमा समावेश छ l

हरि बहादुर घलेको छायाङ्कन , बन्दी प्रसादको सम्पादन र समीर मियाको कलरिङ् / भीएफ्क्समा भिडियो बनेको छ lराजेश हमालको अलावा भिडियोमा अस्मिता भट्ट,विमल बिटिएस, रहिसा रेग्मी र बिबिशा भण्डारीको अभिनय पनि देख्न सकिन छ l सार्वजनिक भिडियोलाई (एम्सेन्ज) युट्युब च्यानलमा हेर्न सकिन्छ l यो पनि पढ्नुहोस काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम छिटो सम्पन्न गरी फोहर व्यवस्थापनका लागि सहज गरिदिन शहरी विकास मन्त्रालयलाई आग्रह गरेको छ ।

विगत १४ दिनदेखि काठमाडौं उपत्यकाअन्तर्गत १८ स्थानीय तहको फोहर नियमितरुपमा उठ्न नसक्दा अहिले जताततै दुर्गन्ध फैलिसकेको छ । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार हाल सिसडोलमा रहेका फोहरको ढिस्कोलाई पन्छाएर नै बञ्चरेडाँडामा फोहर लाने भएकाले, अहिले पानी परिरहेकाले पनि व्यवस्थितरुपमा बाटो बनाउन सकिँदैन । पानी पर्न कम भएपछि व्यवस्थितरुपमा फोहर पन्छाउने काम शुरू हुने र तत्काल सिसडोलको विकल्प चाहिएको उनको भनाइ छ ।

अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौं महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ ।

विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फोहर राख्दै आएको स्थानमा अहिले फोहर व्यवस्थापन गर्न नमिल्ने गरी भरिएपछि लामो समयदेखिको समस्या फेरि बल्झिएको हो । ‘समस्या आउने जाने बाटोको होइन, उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने स्थान चाहिएको हो,’ प्रमुख श्रेष्ठले भने, ‘सिसडोलबाट बञ्चरेडाँडासम्म जानका लागि आवश्यक पर्ने २०० मिटर बाटो निर्माण गरी विसर्जनस्थल तयार गर्नुपर्ने हो ।’

शहरी विकास मन्त्रालयले बढीमा अबको एक हप्तामा बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सम्पन्न गरी कामपालाई हप्तान्तरण गर्ने तयारी रहेको मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए ।

गत साउन ३२ गतेदेखि नै कामपाले सार्वजनिकरूपमा सूचना जारी गरेर नगरवासीलाई एक हप्ता घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । लामो समयदेखि फोहर उठ्न नसक्दा नदी किनार र सडक छेउछाउमा दुर्गन्ध फैलिन थालिसकेको छ ।