मामा गोबिन्दा र भान्जा कृष्णा बीचको बिबाद उचालिदै

पछिल्लो समय बलिउड नायक गोबिन्दा र उनका भान्जा कृष्णा बीचको मनमुटावले उग्र रुप लिएको छ । उनीहरु बी सम्बन्ध सुध्रने कुनै छाँट नै देखिएको छैन ।केही हप्ता अधि द कपिल शर्मा शो मा गोबिन्दा र उनकी पत्नी सुनीता आउने भएपछि कृष्णाले त्यो एपिसोडमा आउनै अस्विकार गरेको समाचार बाहिर आएको थियो । यहि कुरालाई लिएर उनकी माइजु तथा गोबिन्दाकी श्रीमती सुनीताले आफ्ना भान्जाको अनुहार पनि हेर्नु नपरोस् भनेकी थिईन् ।

लगत्तै कृष्णाकी पत्नी अर्थात सुनीताकी भान्जे बुहारी कश्मिरा शाहले सुनीता को हो म चिन्दिन भन्दै आगोमा घ्यु थप्ने काम गरेकी थिईन् । दुबै जना बीचको जुहारी पछि कृष्णाले पनि आफ्नो प्रतिक्रिया बाहिर ल्याएका छन् । उनले माईजुले आफु बिरुद्ध धेरै बोलेको र यस बिषयमा आफु धेरै निरास भएको जनाएका छन् ।

उनले माइजु आफु संग अत्यन्तै रिसाएको भन्दै रिसाउने मान्छेले नै अत्याधिक माया पनि गर्ने भन्दै सम्बन्ध सुधार तिर संकेत गरेका छन् ।  कृष्णाले भनेका छन् – मलाई थाहा छ कि उनले मलाई असाध्यै माया गर्नुहुन्छ । नभए यत्ति रिस किन ? यो शब्द आमा–बुवाले बच्चासँग रिसाएका बेला मात्रै बोल्न सक्छन् । म मामा र माइजुलाई असाध्यै माया गर्छु ।

उहाँहरुले मलाई माफी दिए हुन्थ्यो भन्ने मेरो अत्यधिक चाहना छ । मैले यसका लागि अत्यधिक कोसिस पनि गरिसकेको छु । उनले आफुले गल्ती नै गरेको भए पनि माफी दिन भनेको तर मामा माइजु माफी दिनका लागि तयार नभएको र झन् बिबाद बल्झाउने तिर अग्रसर भएको बताएका छन् ।