मन्त्री आलेले अछाम घर भएका एक युवकलाई हातखुट्टा काटेर त्यहींबाट उठाइदिने धम्की दिएपछि…

काठमाडौं ३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गरी गाली गरेको भिडियो यती बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भारतको मुम्बई बस्ने अछाम घर भएका जगत ओलीलाई खुट्टाखुट्टा काटेर त्यहींबाट उठाइदिने धम्की दिएपछि यति बेला मन्त्री आलेको चौतर्फी आलोचना भएको छ । भने उनको राजीनामा समेत माग गरिएको छ ।

मन्त्री आलेले टेलिफोनमार्फत ति युवालाई अपहरण गर्ने समेत धम्की दिएका छन् । उनले फोनमा छोरा होस क्या, त चुतियाँ साले, मु… तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस् ? त मा… ट्वालेट सफा गर्छस्, …का छोरा, मलाई सिकाउँछस ? भन्दै गाली गरेका छन् ।

साथै,मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएको भन्दै उनको सचिवालयले भने खेद प्रकट गरेको छ । सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरेको भन्दै सचिवालयले खेद प्रकट गरेको हो ।
यस्तो छ, मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अश्लिल शव्दकाे प्रयाेग भएकाले ती शव्द हटाइएकाे छ ।

मन्त्रीः ‘कहाँ हुनहुन्छ तपाईं?’
युवाः इन्डियातिर छु’
मन्त्रीः अनि तपाईंको कमेन्ट हेरे मैले, के लेख्या त्यस्तो यार ?’
युवाः ‘हैन हजुर, हामीले पनि यस्तो आशा लागेको थिइन् ?’
मन्त्रीः कस्तो आश ?
युवाः तपाईंबाट पनि यस्तो हुन्छ भनेर आशा गरेका थिएन,’
(मन्त्री आले आक्रोशित हुन सुरु गर्छन)
मन्त्रीः भन नी तेरी मा…. तलाईं मैले के गरेको थिएँ ?’
युवाः के गरेको छु ?
मन्त्रीः तलाई मा…. त्यही ठाउँवाट उठाउँछु म, कुन ठाउँमा छस भन त,’
युवाः आउन त यता आऊँ, बम्बईमा छु म’
मन्त्रीः तेरी मा…. भन त ठाउँ भन, मुम्बई कहाँ छस, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस तेरी मा….’
युवाः आउन आउ… आइजो न आइजो, त मुला बेसरम… तस्कर…
मन्त्रीः मुम्बई कुन ठाउँ होस भन त ?
युवाः तस्कर मुला… बेसरम, लाज छैन, तस्कर… मन्त्रीका लागि बेची खाने तस्कर’
मन्त्रीः जे पायो, त्यही लेख्छस मा…कुकुर…तलाईं मा… कुकुर त्यही आएर खुटासुटा काटेर साला प्याक गरेर राख्छु ।
युवाः मलाई ? तँ के गर्छस् भन न ?
युवाः त मा… कहाँ छस भन त ?
मन्त्रीः तँ … छोरा होस क्या, त चुतियाँ साले, मु….. ‘तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस ?’
मन्त्रीः त मा…. ट्वालेट सफा गर्छस् …. का छोरा, मलाई सिकाउँछस ?
युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ ?
मन्त्रीः भन त तँ कहाँ छस ? तलाई त्यहीबाट उठाइदिन्छु ।
युवाः त आइजो न एकैलात्ती हाने पछि उता गिर्नेवाला छस ?

मन्त्रीः बम्बई कुन ठाउँमा छस, भन त कुकुर ….का छोरी ।
युवाः बम्बई भन्या त पहिला तलाईं…अधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त ?
मन्त्रीः तेरी मा…. तेरो ठेगाना पठा त ?

युवाः अधेँरी छुु, अधेँरी…सुन न तलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त ।
मन्त्रीः लोकेसन नि पठा त ?
युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला ।
मन्त्रीः तेरी मा… तलाई पख, एकपटक तलाई त्यहीँबाट उठाइदिन्छु ।

यही संवाद अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि राजीनामाको माग उठेको छ ।