शोमा पुगेकी जाह्नवी कपुरलाई पहिरनले साथ नदिएपछि

एजेन्सी-बलिउडमा पछिल्लो समयकी हट र चल्तीकी नायिका हुन् जान्भी कपुर । विशेष ड्रेसिङ स्टाइलका लागि परिचित जान्भीले अभिनय गरेका सबै जसो फिल्म सफल छन् ।  उनको स्टाइललाई धेरैले फलो समेत गरेका छन् ।

यसैबिच अभिनेत्री जान्हवी ‘स्टार भर्सेस फूड’मा पुगेकी थिइन् । जहाँ जान्हवीले पिंक कलरको जम्पसूट लगाएकी थिइन्, जुन स्किन टाइट थियो ।जसमा धेरैको नजर समेत परेको थियो । ‘स्टार भर्सेस फूड’ शोमा पुगेकी जाह्नवी कपूरले खाना बनाउनु पर्ने थियो ।

अभिनेत्रीको अफ शोल्डर जम्पसूट उनको लागि समस्या बन्यो । उनको पहिरनको घाँटी बारम्बार खसेपछि उनलाई सम्हाल्न गाह्रो परेको थियो । ृनी चाँडै सिद्धार्थ सेन गुप्ताको निर्देशनमा बन्ने फिल्म ‘गुड लक जेरी’ मा देखिनेछिन् । जसलाई आनन्द एल राईले निर्माण गरेका हुन् । यसबाहेक उनी करण जोहरको फिल्म ‘दोस्ताना २’ मा पनि देखिने भएकी छन् ।