शान्ती श्री परियार र अलिफ खानले गाएको ‘पानैको चौका’ रिलिज अघि नै टिकटकमा भाईरल

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा भावना म्युजिक सोलुशनको प्रस्तुतिमा रहेको नया दोहोरी गित ‘पानैको चौका’ रिलिजको अन्तिम तयारीमा रहेको छ ।

FB_IMG_1644504255693.jpg चर्चित लोक दोहोरी गायक अलिफ खान र लोकप्रिय गायिका शान्ती श्री परियारको आवाजमा रहेको गितमा कलाकार एवम् सर्जक विमल अधिकारीको उत्कृष्ट लय शब्द रहेको छ । गितमा माया प्रेमको प्रशंग दर्शाईएको छ ।

चर्चित निर्देशन एवम् कलाकार सुनिल क्षेत्रीको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोम चर्चित दोहोरी मोडेल विमल अधिकारी संगै प्रियंका कार्किको डान्सिड फिचर एवम् अभिनय रहेको थियो | अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियो भोली विहान भावना म्युजिक सोलुशनको अफिसियल युटुव च्यानलबाट डिजिटल बजारमा रिलिज हुदै  छ । गित रिलिज अघि नै टिकटकमा अत्यन्तै लोकप्रिय वनेको छ ।