पाथिभरा माताले हामी सबैको कल्याण गरुन्, माघ २८ गते शुक्रवारको तपाईको भाग्य यस्तो छ

मेष : मेष राशिको जातकका लागि आजको दिन आम्दानी हुनेछ । व्यापारबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा श्री प्राप्ति हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ त्यसैले ध्यान दिनुहोला ।

वृष : वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ । मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईंलाई शत्रुले समेत सम्मान गर्नेछन् । आयभन्दा व्ययबढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईंका लागि राम्रो हुनेछ ।

मिथुन : आजको समय र दिन अनुकुल छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । व्यापारमा तपाईंले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । मानसम्मान मिल्नेछ । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।

कर्कट : आजको दिन तपाईंको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईंका लागि हानि हुनेछ । यात्रा गर्दा पनि अनेक समस्या आउनसक्छ ।

सिंह : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । सिंह राशिका पुरुष जातकको लागि स्त्री जातिको साथ र सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ ।

कन्या : कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईंले सोचे अनुसारको काम हुनेछ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाले आजको दिन कसैसँग विवाद नगर्नु नैं वेश हुनेछ । परिवारमा विवाद हुनसक्छ ।

तुला : तपाईंले आजको दिन सुरु गरेको काम सफल हुनेछ । ब्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने संभावना छ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने तपाईको मनमा उर्जा थपिने छ ।

वृश्चिक : स्आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । सामाजिक काममा लाग्नुहोला ।

धनु : स्तपाईंले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन बिहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । आज विहान कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दिनुहोला ।

मकर : तपाईंले विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ । आर्थिक बृद्धि हुने संभावना छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । चन्द्रमाको साथ रहेको छ । आज तपाईको सोचअनुसार काम हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

कुम्भ : मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । तपाईले प्राप्त गरेको धनलाई केही मात्रामा भएपनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ । अध्ययन अध्यापनको काममा लाग्नुहोला ।

मीन : मीन राशिका जातकले आजको दिन सोचेको काममा बाधा हुनसक्छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा तपाईलाई फाइदा हुनसक्छ । नयाँ सिर्जनात्मक लेखनको काममा लाग्नुहोला । शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ ।