जुठे र जूनकीरीको प्रेमकथा समेटिएको मार्मिक गीत ‘त्यस्तो ठाउँमा जाउँ’ सार्वजनिक (भिडियो)

काठमाडौं । लोकदोहोरी गायिका पुर्णकला बिसी र गायक रामजी खाँणको युगल आवाज रहेको ‘त्यस्तो ठाउँमा जाउँ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सोमबार तिर्सना म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक उक्त गीतमा बाबुराम बोहराको शब्द रचना तथा संगीत रहेको छ ।

विनोद बाजुरालीले संगीत संयोजन गरेको उक्त गीतको रेकर्डिङ मालाश्री स्टुडियोमा गरिएको हो । गीतकार बोहराले गीतको शब्द र भाव हरेक मानिसको जीवनकालमा हुने दुःख, पीडा र वेदनामा मेल खाने खालको रहेको बताए । उनले नेपाली मौलिक लोक संस्कृतिलाई पनि आफ्नो गीतले न्याय दिएको जिकिर गरे ।

उनले भने, ‘यस गीतले मौलिकता बिगारेको छैन । धमिलिँदै गएको मौलिक लोक संस्कृतिलाई थप न्याय दिएर हाम्रो टिमले यो गीत बजारमा ल्याएका हो ।’ उक्त गीतको भिडियोमा दीपेन्द्र तिमल्सिनाले निर्देशन तथा दुर्गा पौडेलको छायांकन रहेको छ । मनोज कार्कीले सम्पादन गरेको भिडियोमा मरिचमान श्रेष्ठ (जुठे), सरिता ढुंगाना (जुनकिरी), रवि गिरी (काजी) प्रकाश आचार्य, देवराज सापकोटा, राजाराम सिम्खडा, प्रवीना श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

गीतको भाव अनुसारको विषयलाई यथार्थ चित्रण गरी भिडियो निर्माण गरेको निर्देशक तिमल्सिनाले बताए । उनले भिडियोमा गरिबको पीडा तथा वेदनालाई चित्रण गरिएको जिकिर गरे । उनले भने, ‘गीतको शब्दले गरिवको पीडालाई उठान गरेको छ । शब्दको भावनालाई भिडियोमा पनि यथार्थ चित्रण गरिएको छ ।’