देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

शीर्ष नेताहरूबीच अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बिहिबार बिहान बालुवाटार पुगेका थिए।

यसअघि आजै बिहान सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच खुमलटारमा भेट भएको थियो।